• ५ असोज २०८३, सोमबार
  • ६ः१७ बेलुका

स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान

प्रकाशित मिति

२०७६ चैत्र १२ गते, बुधबार ०९:१२

काठमाडौं, सरकारले अन्तर्राष्ट्रिय बजारबाट औषधि र आवश्यक स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ। सरकारले व्यवसायीलाई शनिबारभित्र आपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया मिलाउन भनेको हो। यो विषयमा सरकारले बुधबार व्यवसायीसँग छलफल गर्न लागेको छ।

National Life

कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), कोरोना परीक्षणका लागि आवश्यक किटलगायत अत्यावश्यक उपकरण र औषधि ल्याउनुपर्नेछ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आवश्यक स्वास्थ्य उपकरण बजारमा आपूर्ति नहुने र सरकारी तयारी गर्दा केही समय विलम्ब हुन सक्ने ठानी निजी क्षेत्रलाई आह्वान गरेको हो।अन्नपूर्ण पोस्ट्बाटसाभार

प्रतिकृया