प्रधानमन्त्री ठगहरुको घेरामा : सांसद सुवाल
प्रकाशित मिति
२०७६ फाल्गुन ३ गते, शनिबार ०५:३६
भक्तपुर, नेमकिपा सचिव समेत रहेका प्रतिनिधि सभाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई ठगहरुले घेरेको बताउनु भएको छ । शनिवार प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्य समिक्षा संसदमा सुनाएपछि बोलेका सांसद सुवालले शहिदका आमाहरुको हवाला दिंदै नेताहरु ठेकेदार, डोजर टिपर मालिक भएर पैसा कमाइरहेको र ३ करोडमा २ करोड आफ्नै खल्तीमा राखिरहेको बताएउनु भएको हो ।
उहाँले सोही क्रममा प्रधानमन्त्री ठगहरुकै घेरा भित्र रमाइरहेकाले फेरी लडाई हुन सक्ने सम्भावन पनि रहेको बताउनुभयो । उहाँले भक्तपुरका जनताको भनाइ राख्दै संसदमा भक्तपुरमा कोरोना भाइरसको क्वारेन्टाइन स्थल बनाउनु र नगरकोट सडक नबनाउनु भक्तपुरको पर्यटन समाप्त पार्नु भएको बताउनु भएको छ ।
सांसद सुवालको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले संसदमा भन्नुभयो, ”क्वारेन्टाइन स्थल ७७ जिल्ला मध्ये एउटामा त राख्न पर्यो ? कसैले आफ्नोमा राखौ नभन्ने । त्यसैले मैले मेरै जिल्लामा राख्ने निर्णय लिए । भक्तपुर मेरो पनि गृह जिल्ला हो ।”





प्रतिकृया