प्रतिधिनिसभाको बैंठक आज बस्दै, के उपसभामुखले राजिनामा देलिन ?
प्रकाशित मिति
२०७६ माघ ६ गते, सोमबार ०८:५०
काठमाडौं, प्रतिधिनिसभाको बैंठक आज बस्दै छ । पटपटक स्थागित हँदै आएको (नेपाल कम्युनिष्ट पार्टी) नेकपाको बैंठक आज बस्ने भएको छ । नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएसँगै आज बैठक बस्ने निश्चित भएको हो। यसअघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा सूचना टाँसेर स्थगित हुँदै आएको थियो।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ । आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो । सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयले जनाएइको छ ।
सत्तारुढ नेकपाले हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तत्कालीन नेकपा एमालेबाट उपसभामुख निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने नेकपाले जनाएको छ। नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन यसअघि नै आग्रह गरिसकेको छ।






प्रतिकृया