अग्नि सापकोटा सभामुख प्रस्तावित
प्रकाशित मिति
२०७६ माघ ६ गते, सोमबार ०८:४१
काठमाडौं : अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय रहेको छ । यस्तै उपसभामुख शिवमाया तुम्बाहङ्फेलाई उपसभामुख बाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष सहमत भएका छन् ।
ज्यान मुद्दामा किटानी जाहेरी परेका अग्नि सापकोटालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुखमा प्रस्ताव गरेको छ ।
१० वर्ष अघि सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा परेको थियो ।
किटानी जाहेरीसँगै सापकोटाविरुद्धको द्वन्द्वकालिन मुद्दासम्बन्धि रिट निवेदन ८ वर्षदेखि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ ।
काभ्रेका लामालाई २०६२ बैशाख १६ गते तत्कालिन विद्रोही माओवादीले अपहरण गरी हत्या गरेका थिए । स्थानीय एक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष निर्वा्चित भएकै दिन उनलाई माओवादीले अपहरण गरेका थिए ।
सापकोटासहित अन्य ६ जना विरुद्धको किटानी जाहेरी प्रहरीले सुरुमा दर्ता गर्न नमानेपनि सर्वाेच्च अदालतले जाहेरी दरखास्त दर्ता गरी कानूनबमोजिम अरु कारबाही गर्नु भन्ने आदेश दिएपछि उजुरी लिएको थियो ।
यो समाचार नागरिक दैनिकमा छ ।
झण्डै एकमहिनाको रस्साकस्सीपछि आइतबार अग्नि सापकोटालाई सभामुख बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । यसले पार्टीमा अध्यक्ष ओलीले भनेको मात्रै चल्दैन भन्ने सन्देश यो निर्णयले दिएको छ ।
ओलीले सभामुखमा विश्वासपात्र सुभाष नेम्बाङलाई अघि सारेपनि उनको जोर चलेन् । यो आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।






प्रतिकृया