• ४ असोज २०८३, आइतबार
  • ११ः११ राती

नेकपाको सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७६ मंसिर २७ गते, शुक्रबार ०९:२४

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ । मंसिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बस्न लागेको हो ।

National Life

उपनिर्वाचन भएका ठाउँबाट सबैको समीक्षात्मक प्रतिवेदन केन्द्र बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकल निर्देशन दिएको थियो तर समयमा सबैको प्रतिवेदन नआएको भन्दै पाँच दिनभित्र सबैले आ–आफ्नो प्रतिवेदन बुझाउन मंसिर २३ गते बसेको सचिवालयको बैठकले दिएको थियो ।

प्राप्त प्रतिवेदनमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानउनुभएको छ । त्यसैगरी मंसिर २९ गते बस्ने स्थायी कमिटीको बैठकमा हुने एजेन्डाहरूको विषयमा पनि छलफल हुने बुझिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया