• ४ असोज २०८३, आइतबार
  • ६ः१४ बिहान

नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्वहरु सक्रिय : अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७६ कार्तिक १० गते, आईतवार ०१:२६

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी र सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरु सकृय रहेको बताउनुभएको छ । आज नेवाः मुक्ति मोर्चा नेपाले आयोजना गरेको मध्यपुरथिमि स्थित शं.खधर साख्वाः को शालिकमा माल्र्यापर्ण एवंं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले त्यस्ता तत्वलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

National Life

नेकपालाई र वर्तमान सरकारलाई बदनाम गराउने र विवाद उत्पन्न गराउने तत्वहरु सक्रिय रहेको बताउँदै त्यस्ता तत्वलाई चिर्दै पार्टी र सरकार निरन्तर देशको विकास र समृद्धिमा लागिरहने उल्लेख गर्नुभयो । परिवर्तन बिरोधी र प्रगति बिरोधीहरुले एकतालाई मन नपराएको बताउँदै उनीहरु पार्टी एकता,पार्टीका नेता र सरकारलाई कमजोर पार्न लागिरहेको बताउनुभयो ।

उहाँले सरकार पटक पटक फेरिने प्रक्रियाको अन्त्यका लागि नेकपा बनेको चर्चा गर्दै देशमा राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाई राख्नुभयो । उहाँले सामाजिक न्याय स्थापना गर्ने अभियानमा सरकार सक्रिय रहेको चर्चा गर्दै सामाजिक रुपान्तरण हुने प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

राजनीतिक स्थायित्वको लागि दुई पार्टी एक भएको बताउनुहुँदै यसलाई सुदृढ गर्नु चुनौतिपुर्ण रहेको बताउनुभयो । परिवर्तनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताउँनुभयो । विकास ,समृद्धि र राजनीतिक स्थायीत्व बिरोधीहरु बिरुद्ध जनताले आवाज उठाउनु र प्रतिवाद गर्नु जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपाल संंवतलाई नेवारहरुको मात्र संवत हो भन्ने सन्देश दिएर अगाडि जान नहुनेमा सचेत गराउदै यो साझा संंवतका रुपमा लैजानु पर्ने औल्याउनुभयो । आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा गरेको तर व्यबहारमा अझै प्रभावकारी नभएको भनाई राख्दै अध्यक्ष प्रचण्डले शंखधर साख्वाबाट प्रेरित भई आफू प्रधानमन्त्री हुँदा किसानहरुको रु. ३० हजारको ऋण मिनाहा गरिदिएको बताउनुभयो । सरकारको तर्फबाट राष्ट्रिय सम्वद्लाई पात्रो बनाई ब्यबहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा नेता अग्नि सापकोटा,सांसद महेश बस्नेत, नेता हितमान शाक्य, मुक्ति प्रधान , प्रदेश नं.३ का कानुनमन्त्री शालिकराम जमरकट्टेल, मोर्चाका महासचिब देबेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेवाः मुक्ति मोर्चा नेपाका अध्यक्ष दिलिप प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो ।  सो अवसरमा बिभिन्न सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।

 

प्रतिकृया