• १० असोज २०८३, शनिबार
  • ११ः४३ बिहान

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै

प्रकाशित मिति

२०८३ आश्विन १० गते, शनिबार ११:३१

१० असोज २०८३ काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय तथा प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन्।अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको मिति पछाडि सारिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

National Life

भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। सोहीअनुसार केही जिल्लाले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरेका छन्।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएकाले अधिकांश स्थानमा शनिबार नै र बाँकी स्थानमा सोमबारसम्म अधिवेशन सम्पन्न हुने अवस्था बनेको छ। उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै ठूलो अवरोध वा समस्या देखिएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन भने नगर्ने भएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने कार्यतालिका छ।

प्रतिकृया