• ४ असोज २०८३, आइतबार
  • ११ः५५ बिहान

वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व

प्रकाशित मिति

२०८३ आश्विन ४ गते, आईतवार १०:१२

४ असोज २०८३ वीरगन्ज — वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयका अनुसार भदौमा २३ अर्ब ४६ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो। यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।

National Life

भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए।

मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेका छन्। भन्सार कार्यालयले आयातमा आधारित राजस्व सङ्कलनलाई निरन्तरता दिँदै लक्ष्यअनुसार राजस्व उठाउने काम भइरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया