• ४ असोज २०८३, आइतबार
  • ९ः३८ बिहान

किन प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगे गृहमन्त्री गुरुङ ?

प्रकाशित मिति

२०८३ श्रावण १९ गते, मंगलवार ०२:२९

१९ साउन २०८३ काठमाडौं – गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।गृहमन्त्री गुरुङ हालै तराई–मधेसमा उत्पन्न तनावको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउन तथा पीडित परिवारसँग भएको सहमति कार्यान्वयनबारे ब्रिफिङ गर्न प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।

National Life

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि तनाव मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको थियो। त्यसपछि गृहमन्त्री गुरुङ प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग छलफल गर्नुका साथै स्थानीय सरोकारवाला र विभिन्न संघ–संस्थासँग संवाद गर्दै समस्या समाधानका लागि पहल गरेका थिए।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गृहमन्त्रीले प्रभावित क्षेत्रको स्थलगत अवस्था, शान्ति स्थापना तथा पीडित परिवारसँग भएको सहमतिको कार्यान्वयनबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराउने कार्यक्रम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया