चुनाव सुरक्षित हुन्छ, फरार कैदीबन्दी र लुटिएका हतियारले बिथोलिँदैन : गृहमन्त्री अर्याल
प्रकाशित मिति
२०८२ मंसिर १६ गते, मंगलवार ०१:०३
मंसिर १६, २०८२ काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण आगामी चुनाव प्रभावित नहुने स्पष्ट गरेका छन्। धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले फरार कैदीबन्दी पक्राउ र लुटिएका हतियार बरामद गर्ने कार्य तीव्रगतिमा जारी रहेको बताए।
भदौ २३–२४ को आन्दोलनपछि भागेका ४ हजार ५५२ कैदीबन्दी तथा बालबन्दीमध्ये केही अझै फिर्ता हुन बाँकी रहेको उनले जानकारी दिँदै कर्तव्यज्यान तथा ज्यानमार्ने उद्योगजस्ता जघन्य अपराधमा संलग्न फरारको संख्या भने न्यून रहेको दाबी गरे।
लुटिएका हतियारमध्ये ७२७ थान फिर्ता भइसकेको उल्लेख गर्दै उनले बाँकी रहेको संख्यालाई सुरक्षा कारण खुलाउन नसकिने बताए। प्रदेश नेतृत्वले उठाएको सुरक्षासम्बन्धी चिन्तामा प्रतिक्रिया दिँदै मन्त्री अर्यालले चुनाव सुरक्षित र भयरहित वातावरणमा सम्पन्न हुने प्रतिवद्धता व्यक्त गरे।






प्रतिकृया