• ५ असोज २०८३, सोमबार
  • ११ः५९ राती

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

प्रकाशित मिति

२०८२ मंसिर १६ गते, मंगलवार ०९:४३

मंसिर १६, २०८२ काठमाडौं – आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघ र यसको सदस्य राष्ट्रहरूले दासप्रथा उन्मूलन तथा मानव बेचबिखनका विरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउँदै आएका छन्। यो दिवस सन् १९४९ देखि मनाइँदै आएको हो।

National Life

दिवसको मूल उद्देश्य मानव बेचबिखन, यौन शोषण, बाल श्रमका गम्भीर रूपहरू, जबरजस्ती विवाह, तथा सशस्त्र द्वन्द्वमा बालबालिकाको जबरजस्ती भर्ती जस्ता आधुनिक दासत्वका घटनाहरूको अन्त्यमा केन्द्रित छ। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का अनुसार हाल पनि विश्वभर ४१ लाख श्रमिक जबर्जस्ती जोखिमपूर्ण काममा लगाइएका छन्, जसमा महिला तथा बालबालिकाको संख्या उल्लेखनीय छ।

नेपालमा श्री ३ चन्द्र शमसेरले १९८३ सालमा दासप्रथा उन्मूलनको घोषणा गरेका थिए। तर अहिले पनि आन्तरिक तथा बाह्य बेचबिखन, जबर्जस्ती श्रम, यौन शोषण तथा मानव अंग तस्करी जस्ता आधुनिक दासत्वका रूपहरू विद्यमान रहेको विशेषज्ञहरूको भनाइ छ। कमैया, कमलरी, हलिया लगायतका प्रचलनहरू पनि शोषणका उदाहरणका रूपमा कतै–कतै अझै देखिने गरेको बताइन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

दिवसका अवसरमा मानव बेचबिखन तथा दासत्व विरुद्ध कडा कानुनी व्यवस्था, निगरानी, उद्धार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन विश्वभर विभिन्न कार्यक्रम, छलफल तथा जनचेतनामूलक अभियान सञ्चालन भइरहेका छन्।

प्रतिकृया