• ३ असोज २०८३, शनिबार
  • ७ः२४ बेलुका

मन्त्रिपरिषद्को २५ निर्णय सार्वजनिक, के-के छन् ?(निर्णयसहित)

प्रकाशित मिति

२०८२ मंसिर ३ गते, बुधबार ०४:५१

मंसिर  ३, २०८२ काठमाडौं— सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सार्वजनिक गरेको छ। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले बैठकका प्रमुख निर्णयहरूको जानकारी दिएका हुन्।

National Life

मन्त्री खरेलका अनुसार, बैठकले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी, नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्सका कार्यकारी सञ्चालकको जिम्मेवारी अमृतमान श्रेष्ठलाई दिने निर्णय गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले नेपाली सेनाका दुई महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, सशस्त्र प्रहरी नियमावली स्वीकृत गर्ने तथा विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरी स्वीकृति लिने निर्णय पनि गरेको प्रवक्ता खरेलले जानकारी दिए।

सरकारले सार्वजनिक गरेका बाँकी प्रशासनिक, सुरक्षा तथा संस्थागत निर्णयबारे विस्तृत विवरण मन्त्रालयले लिखित रूपमा उपलब्ध गराउने जनाएको छ।

प्रतिकृया