• ४ असोज २०८३, आइतबार
  • ६ः१७ बेलुका

बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल, के आयो निष्कर्श ?

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार १२:५९

कात्तिक २०, २०८२ काठमाडौं— पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच नयाँ राजनीतिक शक्तिको निर्माण विषयक छलफल भएको छ। छलफलमा पूर्व मन्त्रीहरू जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्याल, नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिकी नेतृ दुर्गा सावे लगायतका नेताहरू सहभागी रहेका छन्।

National Life

नेताहरूका अनुसार छलफल जेन्जी  विद्रोहपछि बदलिँदो नेपाली राजनीतिक परिदृश्य र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन गर्ने विषयमा केन्द्रित थियो।

बैठकमा सहभागीहरूले वर्तमान राजनीतिक दलहरूबाट जनतामा बढ्दो असन्तुष्टि र नयाँ पुस्ताको बदलिँदो सोचलाई सम्बोधन गर्न भरपर्दो, बलियो र वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता रहेको निष्कर्ष निकालेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया