• ४ असोज २०८३, आइतबार
  • ६ः५७ बेलुका

जेन-जी प्रदर्शनका क्रममा खटिएका प्रहरीको विवरण आयोगमा

प्रकाशित मिति

२०८२ कार्तिक २० गते, बिहीबार १२:३२

काठमाडौँ — जेन-जी प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकामा खटिएका प्रहरी कर्मचारीको विवरण जाँचबुझ आयोगमा पठाइएको छ। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार प्रहरी प्रधान कार्यालयले एक चरणको विवरण आयोगमा उपलब्ध गराएको हो।

National Life

शर्माले बताएअनुसार बिहीबारदेखि फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको बयान लिने कार्य सुरु गरिएको छ। भदौ २३ गते नयाँबानेश्वर र माइतीघर क्षेत्रमा खटिएका प्रहरीहरूको बयान हाल लिइँदैछ।

यसअघि आयोगले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पनि बयान लिएको थियो। आयोगले प्रदर्शनका क्रममा भएका घटनाबारे विस्तृत अध्ययन र प्रतिवेदन तयारीका लागि अनुसन्धान तीव्र पारेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया