• ४ असोज २०८३, आइतबार
  • ५ः०८ बेलुका

अर्थ मन्त्रालयद्वारा पुनर्निर्माण योजना तयार गर्न सर्कुलर

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०२:०७

असोज २६, २०८२ काठमाडौं– अर्थ मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक संरचनामा भएको तोडफोड र आगजनीपछि सम्बन्धित कार्यालयहरूलाई पुनर्निर्माण कार्य योजना तयार गर्न सर्कुलर जारी गरेको छ।

National Life

२४ भदौको जेन्जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च, विशेष र जिल्ला अदालतलगायत भवनहरूमा क्षति पुगेको थियो। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा समेत आगजनी र तोडफोड भएको थियो।

पुनर्निर्माण योजना बनाउन संसद सचिवालयलाई समेत सर्कुलर पठाइएको छ। शुक्रबार सभामुख देवराज घिमिरेको उपस्थितिमा सचिवालयमा प्रशासनिक बैठक बसेको थियो। संसद सचिवालयका अनुसार सम्मेलन केन्द्रको पार्किङमा रहेका १९ गाडी र ३६ मोटरसाइकलमा क्षति पुगेको छ भने २ मोटरसाइकल हराएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया