नागढुंगा सुरुङ मार्गमा पार हुने दस्तुर तोकियो, मोटरसाइकल प्रवेशमा प्रतिबन्ध
प्रकाशित मिति
२०८२ श्रावण २९ गते, बिहीबार ०६:१२
श्रावण २९,२०८२ काठमाडौं —सरकारले नागढुंगा सुरुङ मार्ग पार गर्दा लाग्ने उपभोग दस्तुर दर तय गरेको छ। मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकमा भएको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
निर्णय अनुसार, सडक विभागले तयार पारेको निर्देशिकाअनुसार कार र भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस र ट्रकका लागि काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ। यस्तै, बस र ठूला ट्रकका लागि आउँदा २६० र जाँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। भारी उपकरण बोकेका सवारीका लागि भने काठमाडौं आउँदा ६०० र जाँदा २५० रुपैयाँ दस्तुर लाग्नेछ।
सुरुङ मार्गमा मोटरसाइकल तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोकेका सवारी साधन प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ।






प्रतिकृया