• ३ असोज २०८३, शनिबार
  • ६ः५३ बेलुका

बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द

प्रकाशित मिति

२०८२ असार ९ गते, सोमबार १०:२५

असार ९ , २०८२ काठमाडौं । आज बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ ।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको  डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

National Life

 उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ । आज बिहानको वर्षाले गोरखाको गोरखा नगरपालिका– ८ ढुङ्गागाडेस्थित गोरखा आरुघाट– बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएको छ । यससँगै  सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ । 

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया