• ३ असोज २०८३, शनिबार
  • ५ः५४ बेलुका

राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ०८:१२

काठमाडौं – राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन्।यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।

National Life

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको आह्वान अनुसार सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।

यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गरेका छन्। केही दिनयता गण्डकी प्रदेशमा मात्र सार्वजनिक यातायात ठप्प बनाएका व्यवसायीले आन्दोलनलाई देशव्यापी बनाएका हुन्। यसले सर्वसाधारणलाई सास्ती भएको छ। पूर्व निर्धारित कतिपय परीक्षामा सहभागी हुन हिँडेका विद्यार्थी र अत्यावश्यक काममा हिँडेका सर्वसाधारण अलपत्र परेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया