• ५ साउन २०८३, मंगलबार
  • ४:१७ बेलुका

एमालेले गणतन्त्र दिवसमा ७५३ वटै पालिकामा उत्सव मनाउने

प्रकाशित मिति

२०८२ जेष्ठ ११ गते, आईतवार ०४:५७

एमालेले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आगामी १५ जेठलाई देशैभर उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको आइतबारको बैठकले त्यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार त्यस दिन ७५३ वटै पालिकामा विशेष कार्यक्रम गर्न तथा काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित उत्सवका रूपमा कार्यक्रम आयोजना गर्ने संयोजनको जिम्मेवारी नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघलाई दिइएको छ ।

महासचिव पोखरेलले जनतालाई सबल र सुदृढ बनाउने लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि नेकपा एमालेलाई स्वीकार्य नहुने चेतावनी पनि दिए ।

Kamana Sewa

प्रतिकृया