• ४ असोज २०८३, आइतबार
  • ५ः२९ बेलुका

चैत्र १५ को जनप्रदर्शनमा साथ, सहयोग र समर्थन गर्न नवराज सुबेदीको अपिल

प्रकाशित मिति

२०८१ चैत्र १२ गते, मंगलवार ०१:१२

चैत्र १२, २०८१ काठमाडौँ: राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीले चैत्र १५ गते राजधानीमा हुन लागेको जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघियता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थन गर्न अपिल गरेका छन् ।

National Life

मंगलबार एक अपिल जारी गर्दै सुबेदीले सो अपिल गरेका हुन् ।

उनले भनेका छन्-

Classic Tech Mobile
Classic Tech Desktop

सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूमा अपील !

नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको सर्ववितित नै छ। यो समयमा हामी देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको छ। अन्यथा यो गौरवशाली देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। देश राज्य र राष्ट्रको रूपमा निरन्तर क्षयिकृत भएर गइरहेको छ ।

यसै परिप्रेक्षमा विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनहरूलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउनका लागि विभिन्न पक्षबाट मलाई संयोजन गरिदिन गरिएको आग्रह स्वरूप मैले “राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति”को नेतृत्व गरिरहेको विषय सार्वजनिक भइसकेको छ।

अब उप्रान्त राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रीत सबै प्रदर्शन तथा आन्दोलनहरूमा यस संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनछ। त्यसै क्रममा आउँदो शुक्रबार, चैत्र १५ गते राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघियता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्दछु ।

प्रतिकृया