• ४ असोज २०८३, आइतबार
  • ६ः५९ बेलुका

स्ववियु निर्वाचन : पिएन क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

प्रकाशित मिति

२०८१ चैत्र १२ गते, मंगलवार १०:३३

चैत्र १२, २०८१ काठमाडौँ: देशकै सबैभन्दा ठूलो मानिने पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन) मा स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलनै विजयी भएको छ ।

National Life

आइतबार भएको निर्वाचनको आज आएको अन्तिम परिणाम अनुसार विष्णु पोखरेल ११०५ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेविसंघका सुशील न्यौपानेले ५०३ मत र स्वतन्त्र उठेकी विप्लवी न्यौपानेले ४६९ मत प्राप्त गरेकी थिइन् ।

यता सचिवमा अनेरास्वयिुबाट विराट दुवाडी र कोषाध्यक्षमा सन्दिका गुरुङ निर्वाचित भएका छन् । दुवाडी १ हजार ४ सय १३ मत प्राप्त गरेका हुन् भने गुरुङले १ हजार ३ सय ४ मत प्राप्त गरिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

०६५ सालपछि पिएन क्याम्पसमा अहिले निर्वाचन भएको हो । एमाले निकट अखिलको मुख्य किल्ला मानिने पिएनमा १६ वर्षपछि पनि आफ्नो विरासत जोगाएको हो ।

प्रतिकृया