मानव कल्याण समाजद्धारा ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गरिने
प्रकाशित मिति
२०८१ चैत्र ८ गते, शुक्रबार ०४:२७
चैत्र ८, २०८१ काठमाडौँ: मानव कल्याण समाजद्धारा सामाजिक सेवाको पवित्र उद्देश्यलाई आत्मसात गर्दै ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गरिने जनाएको छ । बिहीबार भक्तपुरको गठ्ठाघरस्थित राष्ट्रिय सञ्चार केन्द्रमा पत्रकार सम्मलेन आयोजना गर्दै मानव कल्याण समाजले महायज्ञबारे जानकारी दिएको हो । उक्त महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्न तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको आयोजक संस्थाले जनाएको छ ।
केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य थियो । कतिपयको अवस्था अत्यन्त दर्दनाक रहन्थ्यो । तर, हाल ती दृश्यहरू न्यून भइसकेका छन् । यस परिवर्तनको मूल कारण सुमी मानव संस्थापक अध्यक्ष रहेको मानव समाज कल्याण संस्था रहेको आयोजक संस्थाले जनाएको छ । उक्त संस्थाको सक्रियता पछि भक्तपुरमा बेवारिसे मानवहरु सडकमा नरहेको र उनीहरुलाई भक्तपुरको झौखेलमा अस्थायी बास व्यवस्था गरि राखिएको आयोजक संस्थाले जानकारी गराएको छ ।
बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि आयोजक संस्थाले विभिन्न प्रयासहरूलाई एक दशकदेखि निरन्तरता दिदै आएको छ । यी सबै सेवाहरूलाई थप प्रभावकारी बनाउन र दिगो व्यवस्थापनकालागि महायज्ञबाट संकलित सहयोग तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गनेै संस्थाले बाचा गरेको छ ।
साथै यस पुण्यकार्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूको संलग्नता एवं सहयोगको संस्थाले अपेक्षा गरेको छ । संस्थाले सबै मिलेर सडक मानवका लागि खाना, नाना र छानाको न्यूनतम व्यवस्थापन गर्ने संकल्प गर्न आव्हान गरेको छ ।
महायज्ञ २०८१ वारे
आयोजकः मानव कल्याण समाज
सम्पर्कः श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ मूल आयोजक समिति
९९८५१०४०२४८०
समय : २०८१ चैत्र २१ देखि चैत्र २७ गतेसम्म
स्थानः मध्यपुर थिमी – ५
९राधेराधे, भक्तपुर । यातायात कार्यालयसँगै०
कथा वाचकः
देवी सुमी मानवज्यू
(संस्थापक अध्यक्ष, मानव कल्याण समाज)
महायज्ञका मुख्य कार्यक्रमहरूः
पूर्वाङ्गः चैत्र २१ गते, बिहान ७ः०० – ९ः०० बजेसम्म
शोभाकलश यात्राः चैत्र २१ गते, बिहान ९ः०० बजे
९महायज्ञ स्थलबाट सुरु हुने
समुद्घाटन समारोह : चैत्र २१ गते, दिउँसो १२ः३० बजे
लक्ष्यवर्तिका प्रज्वलनः चैत्र २६ र २७ गते
समापन समारोहः चैत्र २७ गते
दैनिक कार्यक्रमहरूः
– बिहान ५ः००–७ः०० बजे योगाभ्यास
– बिहान ७ः०० बजेदेखि पूजा एवं पाठपारायण
– ११ः०० – ४ः०० बजेसम्म संगीतमय कथावाचन
– ४ः१५ बजे आरती
– ४ः३० बजे प्रसाद वितरण
– साँझ ६ः० – ९ः०० बजेसम्म श्रृङ्गारिक महाआरती सहित सन्ध्याकालिन भजन






प्रतिकृया