• ५ असोज २०८३, सोमबार
  • ६ः३० बिहान

हिउँदे अधिवेशनमार्फत नै एनआरएनका माग सम्बोधनका लागि अध्यक्ष केसीको पहल

प्रकाशित मिति

२०८१ माघ ९ गते, बुधबार ०१:३१

माघ ९, २०८१ काठमाडौँ: गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेसँग भेट गरेको छ । मंगलबार राति (माघ ८ गते ) भएको भेटमा संघका अध्यक्ष डा केसीले आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नेपालीका लागि संविधानले सुनिश्चित गरेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कार्यान्वयनका लागि सरकारका तर्फबाट पेश हुन लागेको भनिएका विभिन्न विधेयकलाई प्राथमिकतामा राखी अघि बढाउन अनुरोध गर्नुभयो ।

National Life

अध्यक्ष डा केसीले भन्नुभयो, ‘संविधानतः गैरआवासीय नेपालीलाई दिइएको अधिकार कार्यान्वयनसँग सम्बन्धित दर्जन बढी विधेयक संसदमा पेश गर्न लागेको आश्वासन सरकारबाट पाएका छौँ तिनलाई प्राथमिकता दिनुपर्यो ताकी हामीले संविधानले दिएको अधिकार उपभोग गर्ने मार्ग प्रशस्त होस् ।ʼ

उक्त अवसरमा सम्माननीय सभामुखले गैरआवासीय नेपाली संघले उठाएका विभिन्न विषयहरुका बारेमा जानकारी लिई सकारात्मक रुपमा सहजीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा अध्यक्ष डा.केसीले संघको आगामी अक्टोवर ११ देखि १४, २०२५ मा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका बारेमा समेत जानकारी गराउनुभयो ।

भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सहकोषाध्यक्ष कृष्ण प्रसाद तिमल्सेना, एसिया प्रशान्त क्षेत्रका संयोजक हरि भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत सहभागी हुनुहुन्थ्यो ।

प्रतिकृया