• ३ साउन २०८३, आइतबार
  • ५:३७ बेलुका

चोरीको मोटरसाइकल सहित १ जना हिजो ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८० श्रावण १३ गते, शनिबार १०:२७

१३ श्रावण २०८०, काठमाडौँ : काठमाडौंको तारकेश्वर नगरपालिका ५ गुम्बाबाट हिजो चोरीको मोटरसाइकल सहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउनेमा काठमाडौंकै गोलढुङ्गा बस्ने गोरखाको पालुङटार नगरपालिका १ का २६ वर्षीय दिनेश गिरी रहेका छन् ।


गत वैशाख १७ गते मनमैजुबाट प्रदेश ३ -०२-०१० प ७० ८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३- ०२-०११ प ४५ ९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई हिजो यस कार्यालयको पिडित सहायताइकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

Kamana Sewa

गिरीलाई थप अनुसन्धान तथा कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध छ ।

Classic Tech Desktop

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिकृया