• ३ असोज २०८३, शनिबार
  • ११ः५१ राती

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति

२०८० असार १८ गते, सोमबार ०७:५४

१८ असार २०८०, काठमाडौँ: संघीय संसदअन्तर्गत सोमबार राष्ट्रियसभाको बैठक बस्दैछ। दिउँसो १ बजेर १ मिनेटमा बैठक संसद भवन, नयाँ बानेश्वरमा बस्ने सचिवालयले जनाएको छ।

National Life

सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।


यस्तै, बैठकमा बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ। जसअनुसार वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, शिक्षा मन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिकृया