• ४ असोज २०८३, आइतबार
  • १ः१८ दिउँसो

नागार्जुनमा दुई करोडको नव प्रवद्र्धन कोष बन्दै

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार १२:१३

१० असार २०८०, काठमाडौँ : नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई करोड रुपियाँको नव प्रवद्र्धन (स्टाट अफ) कोष निर्माण गर्ने भएको छ । नगरपालिका भित्र उद्यम व्यावसाय गर्न चहाने उद्यमीहरुलाई प्रोत्साहन गर्न स्वरोजगार कोषसँगको साझेदारीमा दुई करोड रुपियाँको नव प्रवद्र्धन कोष निर्माण गरी स्थानीय सहकारी मार्फत वीना धितोमा सहुलियत ऋण प्रवाह गर्ने नीति बनाएको हो ।

National Life

नगरपालिकाको शनिबार बसेको सातौ नगर सभाले आगामी आर्थिक वर्षदेखि नव प्रवर्तन कोष निर्माण गरी नयाँ सोच र योजना भएकालाई उद्यमी बनाउने नीति बनाएको हो । नगरपालिका भित्र धेरै संभावनाहरु भए पनि ति संभावनाहरुको पहिचान हुन नसकी त्यक्तिकै थन्किएर बसेको निष्कर्ष निकाल्दै नगरपालिकाले नव प्रवद्र्धन कोष स्थापना गरी नयाँ सोचलाई कार्यान्वयन गर्ने योजना बनाएको हो ।


नगरपालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब पन्ध्र करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया