• ४ असोज २०८३, आइतबार
  • ४ः०९ बेलुका

कांग्रेस महाधिवेशन : कहिलेसम्म आउला सबै मत परिणाम ?

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०७:५३

६ पुस २०७८, काठमाडौँ : नेपाली कांग्रेसको आगामी चार वर्षलाई नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यद्यपि कांग्रेसको मतपरिणाम प्रक्रिया केहि ढिलाइ भएको भन्दै आलोचना भइरहेको छ। कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको थियो।

National Life

महाधिवेशनअन्तर्गत गत सोमबार ९२७ गते० १३ पदाधिकारीसहित १३४ पदको निर्वाचन भएको थियो। महाधिवेशन सकिएको करिब १० दिन बितिसक्दा अझै पनि सबै पदाधिकारीहरुको मतपरिणाम आउन सकेको छैन। निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले मतपत्र नै धेरै भएकाले समय धेरै लागेको बताए।


‘धेरै क्लस्टर थिए त्यसैले मतपत्र नै धेरै हुन गएर केही ढिलाइ भएको हो’, उनी भन्छन्, ‘१३ औं महाधिवेशनको तुलनामा हामीले धेरै छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ।‘ बुधबार साँझसम्ममा सबै क्लस्टरको मतपरिणाम आउने घिमिरेले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया