• ६ असोज २०८३, मंगलबार
  • ६ः४५ बिहान

कांग्रेस महाधिवेशन : प्रदेश २ मा संस्थापन पक्षको सभापति उम्मेदवार कृष्ण यादव

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०९:३५

६ पसु २०७८, काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेश २ को सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ ।मङ्गलबारदेखि सुरु हुने प्रदेश २ को अधिवेशनमा संस्थापन समूहबाट यादव प्रदेश सभापति उम्मेदवार बन्ने भएका हुन। संस्थापन पक्षका नेताहरुको बैठकले रौतहटका पार्टी सभापति यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

National Life

संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, उदयशमशेर राणा, रामहरि खतिवडा, आनन्द ढुंगाना, रमेश रिजालसहितका नेताहरुको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेश २ मा आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन र बुधबार प्रदेश अधिवेशन उद्घाटनको कार्यक्रम तय भएको छ ।


संस्थापनइतर समूहबाट प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री रामसरोज यादबलाई अगाडि सार्ने तयारी छ । यादव पूर्वउपसभापति विमलेन्द्र निधि निकट हुन। निधिका उम्मेदवारलाई कोइराला समूहले समर्थन गर्ने गरी छलफल भैरहेको नेताहरुले बताएका छन् । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा यस अघि नै प्रदेश अधिवेशन सम्पन्न भैसकेको छ । प्रदेश २ का ८ जिल्लामा अझै जिल्ला अधिवेशन भएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया