• 9:36 pm

मन्त्री छान्न पेरिसडाँडामा माओवादी ८ स्थायी कमिटी बैठक जारी

प्रकाशित मिति

July 13, 2021

काठमाडौँ : काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिताको निर्णय तथा मन्त्रीहरुको टुंगो लगाउन माओवादी केन्द्रको बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले देउवा सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै सो सरकारमा पार्टीबाट सहभागी केही मन्त्रीको टुंगो लगाउने एक नेताले जानकारी दिए ।


देउवाले आजै प्रधानमन्त्रीको रुपमा शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् बनाउन लागेका छन् । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिकृया