अफगानिस्तानको यू-१९ टिमले नेपाललाई दियो ३०१ रनको लक्ष्य
प्रकाशित मिति
२०८१ चैत्र २१ गते, बिहीबार ०१:००
चैत्र २१, २०८१ काठमाडौँ: अफगानिस्तानको यू-१९ टिमले नेपाललाई ३०१ रनको लक्ष्य दिएको छ ।
युवा टिमबीचको एकदिवसीय सिरिज अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउदै ३०० रन बनाएको हो ।
अफगानिस्तानका लागि फैजल शिनोजादाले ९७ रन बनाएका थिए भने खालिद अहमदजाईले ७६ रन बनाएका थिए । त्यस्तै बरकत इब्राइमजाईले ३५, उजैरुल्लाह नियाजाईले २४, अजिजुल्लाह मिया खिलले २१ रन र अब्दुल अजिजले अविजित १५ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सन्तोष यादवले ३ विकेट लिएका थिए भने अभिषेक तिवारीले २ तथा दयानन्द मण्डल र विपिन शर्माले एक एक विकेट लिएका थिए ।
नेपाल र अफगानिस्तानको यू-१९ क्रिकेट टिमबीचको एकदिवसीय सिरिज मुलपानी क्रिकेट मैदानमा आजदेखि शुरु भएको हो । यस सिरिजमा नेपाल र अफगानिस्तानको युवा टिमले तीन खेल खेल्दै छन् । जस अन्तर्गत आज पहिलो खेल जारी छ भने अप्रिल ६ मा दोस्रो र अप्रिल ९ तेस्रो खेल हुने छ ।






प्रतिकृया