• ४ असोज २०८३, आइतबार
  • १०ः४७ बिहान

कांग्रेसको स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन आजदेखि

प्रकाशित मिति

२०८१ माघ १६ गते, बुधबार ०७:५९

माघ १५, २०८१ काठमाडौँ: नेपाली कांग्रेसले आजदेखि नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन गर्दै छ ।

National Life

कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा आज र भोली हुने सम्मेलनको तयारी पुरा भएको विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी नगर, ललितपुरमा हुने यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्धन समेत हुने विश्वास लिएको विश्वकर्माले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउनेछन् र दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्र मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरू बीच छलफल हुनेछ ।

सम्मेलनको समुद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ९ बजे गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

प्रतिकृया