• 11:54 pm

इंग्लिस प्रिमियर लिग : एभर्टनमाथि चेल्सीको ६ गोल

प्रकाशित मिति

April 16, 2024

वैशाख ४, २०८१ काठमाडौँ: इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । स्ट्यामफोर्ड ब्रिजमामा गएराति भएको खेलमा एभर्टनलाई ६–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार तथा अल्फी गिलक्रिस्ट र निकोलस ज्याक्सनले एक–एक गोल गरेका थिए ।

खेलमा चेल्सीका पाल्मरले खेलको १३औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि उनले १८औँ, २९औँ र ६४औँ मिनेटमा गोल गरेका थिए । यस्तै, निकोलसले ४४औँ मिनेट र अल्फीले ९०औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै चेल्सी ३१ खेलबाट ४० अंक जोडेर तालिकाको नवौँ स्थानमा छ भने पराजित भएको एभर्टन ३२ खेलबाट २७ अंकसहित १६औँ स्थानमा छ ।

प्रतिकृया