• 1:16 pm

बागमतीमा हाम्रो नेपाली पार्टीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

प्रकाशित मिति

March 26, 2024

चैत्र १३, २०८० काठमाडौँ: बागमती प्रदेशमा हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रमा आएको राजनीति फेरबदलपछि २ सिटसहित प्रदेश सभामा प्रतिनिधित्व गरिरहेको दल हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलपछि हाम्रो नेपाली पार्टीले पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको हो ।

गत चैत ९ गते नै सो दलले प्रदेश प्रमुखलाई पत्र लेख्दै आफूहरु प्रतिपक्षीको भूमिकामा रहने गरी अघि बढ्ने निर्णयको व्यहोरा सुनाएको हो । यसअघि नै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

प्रतिकृया