• 4:40 pm

कांग्रेसले बनायो एक हजार अस्थायी आवास

प्रकाशित मिति

December 31, 2023

पुस १५, २०८० काठमाडौँ: जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाली कांग्रेसले एक हजार वटा अस्थायी आवास निर्माण गरिदिएको छ । शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जाजरकोट भूकम्पबाट पीडितका लागि पार्टीले एक हजार वटा अस्थायी आवास निर्माण गरेको बताए ।

उनले बैठकले पार्टीको घोषणाबमोजिम अस्थायी आवास निर्माण अभियानमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापनसमेत गरेको छ । गत १७ कात्तिकमा गएको भूकम्पपछि कांग्रेसले तत्काल सरकारको दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको थियो भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा सहजीकरण समिति गठन गरेको थियो ।

समितिले स्थलगत अवलोकनपछि तत्काल आवासको प्रबन्ध गर्न आवश्यक रहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको थियो । महामन्त्री थापा र शर्माले कांग्रेसले एक हजार वटा अस्थायी आवास बनाउने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम पार्टीकातर्फबाट एक हजार वटा अस्थायी आवास निर्माण गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

प्रतिकृया