• 9:42 am

शहरको चोक चोकमा प्लाष्टिक झोला अन्य फोहोरकाे थुप्राे पर्यावरण र जनश्वास्थ्यलाई खतरा : डा. केदार कार्की

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार १२:४२

१९ असार २०८०, काठमाडौँ :  काठमाण्डुमा मात्र दैनीक ४,७०,००० देखि ४,८०,००० वटा प्लाष्टिकका झोला दैनिक प्रयोग हुन्छ । नेपालमा १६ प्रतिशत शहरी फोहोर मैला प्लाष्टिकजन्य उत्पादनका हुन्छन् जसबाट २.७ टन दैनिक प्लाष्टिकजन्य फोहोर मैला निस्कन्छ । यदि हामी दैनिक तहमा हे-यौ भने अनुसनधानकर्ताको दावी अनुसार जनसमुदायले आज सम्म ए.१ए.१ करोड टन प्लाष्टिक उत्पादन गरेका छन् । जसमध्ये धेरैजसो प्रकृतिमा विलिन भएर जान्छन् । जस्ले मानव समुदाय तथा पर्यावरण वातावरणलाई हानी पु-याउँछ ।



मुलुकका मुख्य महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका जस्ता मुख्य राजमार्गहरुमा खुलेका होटेल रेस्टोरेन्ट रिसोर्टहरु प्लाष्टिकजन्य फोहोरमैला उत्पादनका लागि मुख्य जीम्मेवार मानिन्छन् । एक अनुमान अनुशार उत्पादित प्लाष्टिकजन्य फोहोरमैला मध्ये आधामात्र उचीत तरिकाले तह लगाइन्छ । बाँकी हाम्रा महानगर, उपमहानगर, नगरको चोक गल्ली बाटामा छरपस्ट छरिएर रहेको देख्न सकिन्छ । नेपालभरी बर्षमा ५६ लाख प्लाष्टिक को फोहोर उत्पादन गर्ने लाजमर्दो क्षमता राख्दछ तर त्यसमध्ये लगभग आधा प्लाष्टिकको फोहोर राम्रोसँग संकलन हुन पाउँदैन । जस्को परिणाम स्वरुप हाम्रा नदिहरु पर्यावरण तथा परिस्थीतिकिय तन्त्र दिनोदिन गम्भीर रुपबाट बिषक्त हुँदै गई राखेका छन् । वास्तवमा प्लाष्टिकको फोहोरले एक्लै नेपालमा मात्र पिडीत छैन बरु याे एउटा विश्वकै समस्या रहेको देखिन्छ । संयुक्त राष्ट्र संघको तथ्याङ्कले यस्को विभिषिका वर्णन गर्दछन् ।


आज सम्पूर्ण विश्व प्रति वर्ष दश खरव प्लाष्टिक झोला प्रत्येक मिनेट प्रयोग गरेर बाहिर फ्याँकिन्छन । प्रष्ट छ की यिनका अधिकांश हिस्सा न त प्रयोग नै गर्न सकिन्छ । प्रश्न यो छ की यो फोहोरको त्यो भाग जुन संकलन हुँदैन आखिरमा जान्छ कहाँ त?वास्तवमा यो फोहोर हाम्रो धरतीमा धस्सी राखेको हुन्छ जहाँ यो सयकडौँ वर्ष सम्म नष्ट नभइ बसी राख्दछ र यस धरतीमा बाँची राखेका अमुल्य एवं दुर्लभ पशु पंक्षिहरु, मानिसहरु र बोट बिरुवाका लागि मारी राखेका छौँ । यस्को धेरै जसो हिस्सा नदि नाला हुँदै हाम्रा महासागरमा जाने गर्दछ । वास्तवमा यो सव पछिल्लो कैंयाैं दशकबाट भई राखेको छ र यो सबै फोहोर महासागरहरुको गहिराइमा गएर जम्मा हुँदै गई राखेको छ । महासागरहरुको स्थिति पनि यस प्रदुषणले गर्दा धेरै विस्फोटक र विनाशकारी हुँदै गइराखेको छ । सम्वभतः अधिकांश वैश्वीक जगत र आधुनिक मानव समाजलाई यो महशुस छैन कि यो सम्पूर्ण सभ्यता नै पर्यावरण प्रदुषण रुपी ज्वालामुखीको मुहानमा बसेको छ । फलफुल तथा तरकारीहरू केटा केटीको दुध खाने बाेतल, पिउने पानीकाे बाेतल, कोल्ड ड्रिङ्सको बाेतल तथा अन्य पदार्थहरु पुर्ण रुपमा प्लाष्टिकमा निर्भर छन् । समयको साथ साथै यी प्लाष्टिकबाट विष फिनोल रसाउन थाल्छ र यी पदार्थहरुमा मिसियर हाम्रो शरीरमा पुग्दछ । प्लाष्टिकको हाम्रो शरीरमा हुने उपस्थिति कैयौँ पुस्ताहरू सम्म आफ्नो कुप्रभाव फैलाउन सक्षम हुन्छन् । प्लाष्टिकजन्य फोहोर मैला आज विश्वकै सामु परमाणु अस्त्रहरुको प्रयोग भन्दा कैयौँ अधिक ठूलाे खतरा भएर आएको देखिन्छ ।


गायर हावा र पानीबाट बनेको यस्तो प्राकृतिक भुमरी हो । जुन उत्तरी गोलार्धमा घडीको सुइहरुको दिशामा घुम्दछ र दक्षिण गोलार्धमा विपरीत दिशामा यी भुमरीहरुको गती आफै माध्यमबाट सुस्त हुन्छ र यो त्यही ठाउँ हो जहाँ हाम्रो सारा प्लाष्टिक जम्मा भई राखेको छ । हाम्रो बैखिक महासागरहरुमा जम्मा पाँच गायरहरु छन र यीनमा सबैभन्दा ठुलो गायर हो ग्रे प्सैफिक फोहोरमैला क्षेत्र । यस गायरको कुल क्षेत्र १४ लाख किलो मिटर छ र यो सम्पूर्ण विश्वले फ्याँकेको प्लाष्टिक फोहोरलाई एकीकरण गर्ने सबैभन्दा ठुलो केन्द्र मानिन्छ । आज हाम्रा माहासागरहरु मा कुल ५० लाख बर्गमिलको सतहमा प्लाष्टिककको फोहोर तैरी राखेको छ । यो एउटा बिस्फाृेट स्थीती हो । जुन निरन्तर खराब हुँदै छ।


प्लाष्टिक फोहरको दुस्परिणाम
वास्तवमा प्लाष्टिकजन्य फोहोर बडो जटिल हुन्छ र यो कहिले पनी नष्ट हुँदैन । यो विनास नहुने घातक फोहोरका कारण लगभग एक लाख भन्दा बढी दुर्लभ समुन्द्री जिव प्रति वर्ष मारन्छिन् र १० लाखभन्दा बढी समुन्द्र पछि मीलमा कुल ६० हजार भन्दा बढी प्लाष्टिक झोला हर समय तैरी राखेको हुन्छन् । जुन प्लाष्टिक को फोहोरलाई रीसाइक्लीङ गरीन्छ । त्यसमा हजारौँ रुपीया प्रति टन खर्च लाग्दछ । जुन त्यस्को बास्तविक मुल्य भन्दा धेरै बढी हुन जान्छ । यसैले जुन फोहोर रिसाईकीलिङ्ग हुन्छ पजि त्यस्को कुनै ठुलो लाभ पर्यावरणलाईप्राप्त हुँदैन । यो गायर मात्र महाबजारमा हाइन बरु हाम्रो शरीरमा प्रवेश गरी सकेको छ । एक अध्ययन अनुशार बिसफेनोल जसबाट प्लाष्टिक बन्छ । प्रत्येक केटाकेटी युवा बृद्ध को शरीरमा पाइन्छ ।


आज फलफुल, तरकारीहरु बच्चाहरुले दुध खाने बोतल, पानिका बोतलहरु, कोल्ड ड्रिङ्कका बोतलहरु र अन्य खाद्य पदार्थहरु सम्पूर्ण रुपमा प्लाष्टिक माथी निर्भर छन् । समय को साथ साथ यी प्लाष्टिकका बस्तुहरुबाट बिसफेनोल रसाउन थाल्दछ । र यी पदार्थहरुमा मिसिएर हाम्रो शरीर मा पुग्दछ । प्लाष्टिकको हाम्रो शरीरमा हुने उपस्थिती कैयौँ पुस्ता सम्म आफ्नो कुप्रभाव फैलाउन सक्षम हुन्छ । प्लाष्टिकजन्य फोहर आज विश्वका सामु परमाणु अस्त्रहरुको प्रयोग भन्दा कहिँ अधिक ठुलो खत्रा भएको छ । यो एउटा बिकट समस्या हो । हामी मध्ये प्रत्येकले यो उक्तरदायीत्व निभाउन पर्नेछ कि जहाँसम्म संभवहुन्छ प्लाष्टिकको उपयोग नगरौँ । प्लाष्टिकजन्य फोहोर फैलीन न दिउँँ । पर्यावरणका लागि धेरै नोक्सान पु¥याउने प्लाष्टिकको झोलाहरुमा प्रतिवन्ध लगाउनका लागि कानुनत पहिले पनि बनाइएको छ तर यस्को उपयोग प्रभावकारी हुन सकेको छैन । प्रत्येक नागरीकलाई प्लाष्टिकको दुरुपयोग बाट हुने खतरा बारे सचेतना गराउन पर्ने हुन्छ र यो पनी आवश्यक छ की प्लाष्टिकको उत्पादनहरुमा तत्काल प्रभाव हुने गरी पूर्ण प्रतिवन्ध लगाएयोस् ।



बढ्दो जनसङ्ख्या र नियोजीत एवं अदुरदर्शि औद्योगिक बिकाशका कारण पुरा देश प्लाष्टिकजन्य फोहरहरुको थुप्रो बढ्दैछ । कहि कतै कुनै योजना छैन । देशको नागरीकहरुमा न त यस संदर्भमा आवश्यक जागरुकतानै छ र न त कुनै mसजग र सर्तक प्रशासनीक यन्त्र । शहरहरुबाट प्रतिदिन निस्कने हजारौँ टन फोहर धरतीका लागि खतरा बनी राखेको छ । सडक किनार सर्वत्र फ्यालिएको छरपस्ट फोहरहरुले पर्यावरणलाई नोक्सान पु¥याइ राखेको छ ।



यसबाट निस्कने धुवाले पर्यावरणलाई मात्र नभई जनसमुदायको लागि पनी खतरा बन्दैछ । प्लाष्टिकजन्य फोहोर वाल्दा निस्कीने बिषालु ग्यास कैयौँ प्रकारको बिमारीहरुको कारण बन्दैन बरु पर्याावरणलाई पनी ठुलो नोक्सान पु¥याउँदछ । यो धुवाँ ती मानिसहरुको लागि बिशेष रुपले खतरनाक हुन्छ जो स्वास प्रश्वास सम्बन्धि रोगबाट पिडित हुन्छन् । सबैभन्दा खतरनाक स्थीती याो छ कि जमीनमा रहेको प्लाष्टिकजन्य फोहर बर्षातको पानिमा मिसियर भुजल सम्म ती खतरनाक रसायनहरु पु¥यउँदै छ जुन ममानव जातिकालागि विनाश सिद्ध हुनसक्तछन् । यी रसायन पानीमा पछि भुजललाई पनि बिषाक्त बनाउँदै छन् । नेपालमा आज यस्तो प्रतित भइराखेको छ मानौा आकाश देखि लीएर पातालसम्म सर्वत्र फोहरमैला को नै एकछत्र रामराज्य छ । गन्दगीको यस आतंकबाट मुक्तीको कही कतै कुनै बाटो देखिइ राखेको छैन । वाास्तवमा जुन बाटो बाँकी छ त्यसमा अनुशासन पूर्वक हिड्नको लागि समझ र सामथ्र्य देशमा अझै देखिएको छैन ।



अझै पनि यस समस्या बारे राज्यको निती निर्माण कार्याान्वयन तहका साथै सबै सरोकारवालाले नसोच्ने हो भने आउँदा दिनमा यस्को दुष्परीणाम आजको पुस्ताले मात्र होइन भावी पुस्ताले पनी भोग्नु पर्ने हुन्छ भनीन्छ आगोले दैवलाई पनी चिन्दैन दैत्यलाई पनि राजा र रङ्कलाई पनि ।

प्रतिकृया