• 2:47 am

उत्तर कोरियाले परमाणु परीक्षण गरे अमेरिका, दक्षिण कोरिया र जापान लगायतले कडा जवाफ दिने

प्रकाशित मिति

September 2, 2022

१७ भाद्र २०७९, काठमाडौँ : उत्तर कोरियाले परमाणु परीक्षण गरे त्यसको कडा जबाफ दिइने अमेरिका दक्षिण कोरिया र जापानसहितका तीन देशले संयुक्तरूपमा चेतावनी दिएका छन् । अमेरिका , दक्षिण कोरिया र जापानले उत्तर कोरियाले अब परमाणु परीक्षण गरिए त्यसको ठुलो जबाफ फर्काउने बताएका हुन् । उत्तर कोरियाले आउने समयमा यस्तै परमाणु हातहतियारको परीक्षण गर्ने तयारी गरिरहेको विषयमा उनीहरूले यस्ता चेतावनी दिए ।

यी तीन वटै देशका उच्चस्तरीय प्रतिनिधिहरूको बैठक बिहीबार बस्यो । दक्षिण कोरियाको सुरक्षा सल्लाहकार किम सुङ हानले उत्तर कोरियाको अर्को परमाणु परीक्षणको तीनवटै देशले तत्काल जबाफ फर्काउने बताए । यो वर्ष सुरु भएयता ६ वटा परमाणु परीक्षण गरिसकेको छ ।

होनोलुलु हवाईमा किम , अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र जापानी समकक्षी ताकेओअकिबाबीच भेटवार्ता भएपछि यस्तो चेतावनी सार्वजनिक भएको हो ।

प्रतिकृया