• 10:26 am

काठमाडौँको दरबारमार्ग स्थित एक पसलमा आगलागी

प्रकाशित मिति

September 5, 2021

२० भाद्र, २०७८ काठमाडौँ : काठमाडौँको दरबारमार्गमा रहेको एउटा पसलमा आगलागी भएको छ । शनिबार राति १० बजेतिर लागेको आगोले तारकेश्वर नगरपालिक-८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलका सामान जलेको प्रहरीले जनाएको छ ।


बिजुलीको तार सर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट सात लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

प्रतिकृया