• 1:06 pm

हामी एक/दुई दिनभित्रै कित्ता क्लियर गर्छौं : भीम रावल

प्रकाशित मिति

August 21, 2021

५ भाद्र, २०७८ काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एक/दुई दिनभित्रै आफूहरु कता लाग्ने भनेर कित्ता क्लियर गर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता रावलले यस्तो बताएका हुन् । उनले भने,‘हामी अहिले एकताको पक्षमा छौं । होमवर्क गरिरहेका छौं । एकतापक्षधर नेताहरुसँग छलफलमै छौं । आजपनि छलफल जारी छ ।’


रावलसहितका नेताहरु एकताको पक्षमा उभिएका छन् । उनीहरुले माधव नेपाललाई नयाँ दल खोल्ने प्रक्रियाबाट पछि हट्न आग्रह गरेका छन् । उता, अध्यक्ष केपी शर्मा ओलीलाई पनि माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता लिन उनीहरुको अडान छ । हिजोमात्रै पनि एमालेका ९ जना स्थायी कमिटी सदस्यहरुले एकताको लागि अपिल गरेका छन् ।


नेपाल समूहमा लामो समय रहेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्ती निकाल्दै एकताको पक्षमा उभिन आम नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले भने पार्टीमा फर्किएर काम गर्न नेताहरुलाई आग्रह गरेका छन् ।


भीम रावलसहितका नेताहरुले भने दश बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्ने अडान राखेका छन् । आगामी बुधबारसम्म दश बुँदे कार्यान्वयन नगरिए विद्रोह गर्ने उनीहरुको चेतावनी छ । बुधबार नै माधव नेपालको प्रस्तावित नयाँ पार्टीको सनाखत हुने भएको छ ।

प्रतिकृया