• 1:22 pm

अबेर रातीसम्म निन्द्रा नपरे आजै अपनाउनुहोस् यी १० उपाय

प्रकाशित मिति

June 9, 2021

सांकेतिक तस्वीर

काठमाडौँ : अहिले युवापुस्तामा अबेर रातसम्म निन्द्रा नपर्ने समस्या छ । ओछ्यानमा पल्टिएर मोवाइ चलाउने बानीका कारण मानिसको निन्द्रा नपुग्ने समस्या देखिएको हो ।


तर यसरी निन्द्रा नपर्ने कारणले मानिसमा कुण्ठा पैदा हुने र शरीरमा नकारात्मक असर देखा पर्दछ । तसर्थ मानिसले दैनिक औसत ७ देखि ८ घण्टासम्म सुत्नुपर्दछ । आज हामी निन्द्रा नपर्ने समस्याका केहि समाधानबारे चर्चा गर्नेछौ ।


१- बेलुका ओछ्यानमा जानु १ घण्टाअघि अनिवार्य रुपमा मोवाइल, ल्यापटप, कम्प्युटर एवम् टेलिभजन बन्द गर्नुहोस् ।


२- ओच्छ्यानमा सुत्न त्यसबेला मात्र जानुहोस्, जब तपाईंलाई मज्जाले निन्द्राले च्याप्छ ।


३- ओछ्यानमा पल्टिसकेपछि आखाँ बन्द गरेर सुत्ने प्रयाश गर्नुहोस्, जागै नबस्नुहोस् ।

४- यदि ओछ्यानमा पल्टिएको २५ मिनेटसम्म पनि निन्द्रा नलागेमा उठेर आफूलाई अल्छी लाग्ने काम गर्न थाल्नुहोस् ।


५- राती निन्द्रा नपर्ने समस्या भएकाहरुले भुलेर पनि दिउँसो सुत्ने बानी बसाल्नु हुदैँन ।

६- आफूले सुत्ने र उठ्ने समय तालिका नियमित एकै समयको पार्नुहोस् ।


७- ओछ्यानमा जानुअघि ६ घण्टा पहिलेदेखि कफी, मदिरा र निकोटिनको प्रयोग नगर्नुहोस् ।

८- रातको खाना खाइसकेपछि साधारण काममा व्यस्त हुनुहोस् ।


९- भोको पेट वा धेरै खाएमा पनि राम्रो निन्द्रा पर्दैन त्यसैले ठिक्क मात्र खानुहोस् ।


१०- सुतेको समयमा फोनमा कुराकानी गर्ने बानी त्याग्नुहोस् ।

प्रतिकृया