• 8:38 pm

२४ घण्टामा ११० जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

प्रकाशित मिति

February 23, 2021

काठमाडौँ : नेपालमा २४ घण्टा भित्र ११० जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमीत हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ । आज तीन हजार २१८ जनाको आरटीपीसीआर परीक्षणमा ११० जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चार जना सङ्क्रमितको मृत्यु भए संगै नेपालमा कोरोना को कारण ज्यान गुमाउनेको संख्या दुई हजार ६५ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल एक हजार ५३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ भने ६५ जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया