• 7:55 pm

ढल र सडक स्तरोन्नति बन्ने भए पछि स्थानीय हर्षीत

प्रकाशित मिति

February 23, 2021

भक्तपुरः टोलमा ढल र सडक स्तरोन्नति बन्ने भए पछि स्थानीयहरु हर्षीत भएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानो थिमि स्थीत पन्चायन मार्ग र मुनाल टोलमा ढल निर्माण तथा सडक स्तरोन्नतिको उद्घाटन कार्यक्रम भएको छ । ढल व्यवस्थापन सम्बन्धी हिजो देखि कामको सुरुवात अघि बढेको हो। वडा कार्यालयबाट पुरानो नालान्द स्कूल जाने बाटोको स्तरोन्नति र ढल निर्माण कार्य अघि बढेको छ ।

उद्घाटन कार्यक्रममा बाटोको स्तरोन्नति र ढल निर्माण योजनाको लागि कुल रु ५० (पचास) लाखको लगत इस्टिमेट गरिएको र जसमध्ये रु ४० (चालीस) लाख वडा कार्यलयबाट विनीयोजित भएको र स्थानीय उपभोक्ताहरुले रु १० (दश) लाख योगदान गर्नुपर्ने जनाएको छ ।

कार्यक्रममा सडक स्तरोन्नति तथा ढल राख्ने कार्यको सुभारम्भ गरिएको छ । उद्घाटनमा नेपाली कांग्रेसका महादिवेशन प्रतिनिधि तथा मध्यपुर थिमि नगरपालिकाका मेयरका प्रत्यासी अष्ट कुमार कवे र मध्यपुर थिमि नगरपालिकाकी उपमेयर अञ्जनादेवी मधिकर्मीले संयुक्त रुपमा शीलान्यास गरेका थिए।

उक्त कार्यक्रममा कवेले विकास निर्माणमा स्थानीयले अवरोध गर्नुभन्दा सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए। स्थानीयलाई असुविधा हुने भए सुविधायुक्त बनाएर विकास निर्माणका योजना अघि बढाउनुपर्ने उनको भनाई थियो र कामको गुणस्तर र समयमै काम सकाउन समेत निर्देशन दिए ।

उक्त क्षेत्रमा निरन्तर बस्ती विस्तार भइरहेको छ। नयाँ बस्ती विस्तारसँगै स्थानीयलाई मुख्य सडकसम्मको पहुँचमा समस्या भएको पीडितहरु वडावासीहरुले गुनासो पोखेका थिए।

बस्तीमा घर बढेसँगै ढल निकास नहुँदा बस्ती डुबानमा पर्ने तथा फोहर पानी व्यवस्थापनमा समस्या रहेको उनीहरुको भनाइ थियो। तर ढल निर्माण तथा सडकको स्तरोन्नतिले आफूहरुको समस्या समाधान हुने उनीहरुले विश्वास व्यक्त गरे । कार्यक्रममा टोल सुधारका अध्यक्ष राजेन्द्र खड्का त्यसै गरी विभीन्न पार्टीका कार्यकर्ता एवं समाजसेवी सूरक्षाकर्मी लगायतका स्थानिय बासीहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया