• 7:27 am

‘हामी मन्त्री सँगै भयौं, अहिले कोरोनाविरुद्ध सँगै संघर्ष गरिराखेका छौं’:हिसिला 

प्रकाशित मिति

October 28, 2020

काठमाडौं, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी अहिले कोरोना संक्रमणसँग जुधिरहेका छन् । दुवै जनालाई एकैपटक कोभिड १९ को संक्रमण भएको छ । हिसिलाले बाबुरामसँगैको तस्विर सार्वजनिक गर्दै लेखेकी छिन्, हामीले सडक संघर्ष पनि सँगै गर्यौं, हामीले जनयुद्ध पनि सँगै लड्यौं, हामीले प्रचण्डको अधिनायकविरुद्ध पनि सँगै लड्यौं, हामी मन्त्रीपनि सँगै भयौं, र अहिले कोरोनाविरुद्ध पनि सँगै संघर्ष गरिरहेका छौं ।

प्रतिकृया