तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
प्रकाशित मिति
२०८३ आश्विन ४ गते, आईतवार १०:०२
४ असोज २०८३ काठमाडौं — पछिल्लो तीन महिनामा ४ सयभन्दा बढी सरकारी कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती)को अभिलेखअनुसार तीन महिनाको अवधिमा कुल ४ सय १८ जना कर्मचारीले राजीनामा दिएका हुन्।
राजीनामा दिएका सबै ४ सय १८ कर्मचारीको राजीनामा स्वीकृतसमेत भइसकेको छ। अभिलेखअनुसार साउन र भदौ महिनामा सचिव वा सचिव तहका २ जना कर्मचारीले राजीनामा दिएका छन्। त्यस्तै, सहसचिव वा सहसचिव तहका १४ जना र उपसचिव वा उपसचिव तहका २१ जनाले राजीनामा दिएका छन्।
यसैगरी अधिकृत वा अधिकृत तहका २७ जना कर्मचारीले राजीनामा दिएका छन्। साउन र भदौमा अन्य तहका १ सय ४५ जना कर्मचारीले राजीनामा दिएका छन्।
तीन महिनामा राजीनामा दिने ४ सय १८ जनामध्ये उपसचिव र अधिकृत तहका मात्रै १ सय ४३ जना रहेको किताबखानाको अभिलेखमा उल्लेख छ। सरकारले नयाँ निजामती सेवा ऐनमार्फत ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेरहद लागू गरी अवकाशको समय निर्धारण गर्ने तयारी गरिरहेका बेला कर्मचारीको राजीनामा बढेको अनुमान गरिएको छ।






प्रतिकृया