• ४ असोज २०८३, आइतबार
  • १०ः०० बिहान

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै

प्रकाशित मिति

२०८३ आश्विन ४ गते, आईतवार ०९:३५

 ४ असोज २०८३ काठमाडौं — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आज आइतबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछ।

National Life

परराष्ट्रमन्त्री खनालसहितको टोली आज साँझ ६ बजे अमेरिकाका लागि प्रस्थान गर्ने तयारी रहेको छ। न्युयोर्कमा हुने महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न बैठक तथा कार्यक्रममा परराष्ट्रमन्त्री खनालले सहभागिता जनाउनेछन्।

त्यस्तै, महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रतिकृया