• 2:12 am

धादिङका सहायक वन अधिकृत पौडेललाई भ्रष्टाचार विरुद्ध अदालतमा आरोपपत्र दायर

प्रकाशित मिति

July 11, 2021

काठमाडौँ : निलकण्ठ सव-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौं तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेलले ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने रु. ४० हजार मागेका थिए।


घुस ररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज कृष्ण प्रसाद पौडेललाई सेवाग्राहीबाट रु. ४० हजार घुसररिसवत लिएको अवस्थामा निजलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा निलकण्ठ सव-डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत (आठौं स्तर) कृष्ण प्रसाद पौडेलले सेवाग्राहीको काठ सम्बन्धमा अनुसन्धान गर्ने भनी वन कार्यालयमा लगे पश्चात सेवाग्राहीले फर्निचर सम्वन्धी सम्पूर्ण कागजातहरु पेश गर्छु भन्दा पनि घुसर रिसवत वापत रु. ४० हजार दिन बाध्य तुल्याई आफ्नो ओहोदा र पदिय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी घुसररिसवत वापतको रकम लिएको पुष्टी भएकाे थियाे ।


सहायक वन अधिकृत (आठौं स्तर) कृष्ण प्रसाद पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिदाँ निजलाई बिगो रु. ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) वमोजिम सजायँ हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिकृया