• 10:19 pm

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो

प्रकाशित मिति

November 24, 2020

काठमाडौं, ९ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १४ लाख २ हजारको कोरोनाबाट मृत्यु भएको छ ।

विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख १५ हजार पुगेको छ । जसमध्ये ४ करोड ११ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड २७ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६३ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९१ लाख संक्रमितमध्ये एक लाख ३४ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ४४ हजार संक्रमित संख्यामध्ये ४९ हजारको मृत्यु भइसकेको छ ।

रुसमा २१ लाख संक्रमितमध्ये ३६ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५५ हजारको मृत्यु भएको छ । इटालीमा १४ लाख संक्रमितमध्ये ५० हजारको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ । अहिलेसम्म २ लाख २२ हजार २ सय ८८ संक्रमित भइसकेका छन् ।

 

प्रतिकृया