• ४ साउन २०८३, सोमबार
  • २:०१ बिहान

वर्तमान अवस्थामा सांगठित अपराधमा कमि : उपरीक्षक मिलन केसी

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:३८

 

जेठ ११, भक्तपुर ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ को प्रमुख आतिथ्य र उपप्रमुख अञ्जनादेवी मधिकर्मी को बिशेष आतिथ्यमा मध्यपुरथिमी वडा नं ५ मा ‘वडास्तरीय अभिमुखि बैठक कार्यक्रम’ सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी अन्तर्गत मध्यपुरथिमी नगरपालिका समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Kamana Sewa

सो अवसरमा महानगरीय प्रहरी वृत्त ठिमि भक्तपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीले समाजको शान्ति सुरक्षा कायम राख्न समुदायका सबै सदस्यहरुको समन्वय आवश्यक रहेको बताउँदै अपराध पत्ता लगाउनु भन्दा अपराध हुन नदिनतर्फ सबै समुदाय सक्रिय रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले समुदाय-प्रहरी साझेदारी अवधारणाको महत्व बताउदै यसलाई अझ प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।

Classic Tech Desktop

नायब उपरीक्षक केसीले सामाजिक संजालको प्रयोगमा व्यस्त रहँदै आएको समाजमा आफ्नै घरबाट चोरी तथा अन्य घटना हुँदा पनि जानकारी नभएका उदाहरण दिँदै सामाजिक संजालको विकृति, विसंगति र दुरुपयोगको न्यूनिकरण गरी स्वच्छ, शान्त, सभ्य र सुरक्षित समाज निर्माण गर्न साझेदारी कार्यक्रम प्रभावकारी हुँदै आएको पनि बताउनुभयो।

उहाँले विगतको तुलनामा भन्दा वर्तमान अवस्थामा सांगठित अपराधमा कमि हुँदै आएको चर्चा गर्दै प्रहरीले समाजको सुरक्षा प्रदान गर्न ज्यानको बाजी राखेर सामाजमा काम गर्दै आएकाले समाजमा आवद्द संघ, संस्था, स्थानीय निकाय र नागरिक समाजको साथ सहयोग भएमा समाजमा आइपर्ने जुनसुकै चुनौतीको सामना गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाजको शान्ति सुरक्षा कायम राख्न नागरिक लक्षित गरी ल्याइएका कार्यक्रमलाई समाजका सबैको साथ र सहयोगबाट कार्यान्वयनमा लैजादा अझ बढी प्रभावकारी हुन्छ । ’ साथै ‘मध्यपुरथिमी नगरपालिकाका अन्र्तगत हामिले ३२ वटा स्कुलमा विद्यालय सम्पर्क समिती गठन गरेका छौ ,हाल ९० वटा स्कुलमा प्रशिक्षण प्रदान भइसकेको छ भने २ अभिभावक सँग प्रत्यक्ष कार्यक्रम गरेका छौ। यस्तै प्रहरीसँग एकदिनमा ४ वटा स्कुलद्धारा विद्यार्थी प्रहरी वृतमा पठाइएको र हामिले विद्यार्थीलाई प्रहरीले कसरी कार्य गर्छ त्यसबारे ज्ञान दिएको छौ। ’

केसीले समुदाय-प्रहरी साझेदारी मा बिभिन्न क्षेत्रमा सहयोग, सिसिटिभि को प्रयोग, ब्यानर आदिमा सचेतना गरी सहयोग गरेको स्मरण गराउनुभयो । साथै उहाँले हरेक अस्पतालमा एक कर्मचारी राखि केहि परिआए सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । उपरीक्षक केसी भन्नुहुन्छ , ‘यस किसिमको सहयोग पनि साझेदारीको नमुना हो, यस साझेदारीले शान्तिसुरक्षाको क्षेत्रमा ठुलो सहयोग र्गदछ । ’उपरीक्षक केसीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ ले छोटो समय अवधिमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम संचालन गरिएकाले सामाजिक विकृति, विसंगति र दुरूपयोगलाई निरुत्साहित पार्न सबै संघ सस्थासँग सहकार्य गर्दै अगाडि बढेकाले प्रहरी समक्ष खुशी प्रकट गर्नुभयो ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष अमृतमान श्रेष्ठ ले समाजको विकास र सभ्य समाज निर्माणका लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
वडा अध्यक्ष , प्रमुख, उपप्रमुख, प्रहरी, स्थानीय गरी करिब १५० को सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा समुदाय-प्रहरी साझेदारी अन्तर्गत भइरहेका कार्यक्रमहरु, प्राप्त सफलता , उद्देश्य तथा रणनीति लगायतका बिषयमा छलफल गरिएको थियो।

प्रतिकृया