• ४ साउन २०८३, सोमबार
  • १:५८ बिहान

महाकाली अस्पतालको आइसोलेसन भरिभराउ कोरोना संक्रमित बिरामीले

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ११:३५

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस संक्रमित बिरामीले भरिभराउ भएको छ ।

बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना संक्रमित भर्ना गरिएका छन् । एक जना आरडीटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ ।मंगलबारदेखि कोरोना संक्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका सात जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ ।

Kamana Sewa

आठ कोरोना संक्रमित कञ्चनपुरका रहेका छन् । कारोना संक्रमित सबै जना भारतबाट फर्केका व्यक्ति हुन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा.सरोज आर्चायले जानकारी दिएका छन्।

Classic Tech Desktop

आर्चायका अनुसार अस्पतालमा कोरोना शङ्कास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० शैय्याको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा समस्या भएको छ ।

महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन । सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन् ।

प्रतिकृया