• ४ साउन २०८३, सोमबार
  • २:०१ बिहान

भक्तपुरकी एक गर्भवतीमा कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ जेष्ठ २१ गते, बुधबार ०९:०५

 

भक्तपुर । स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि गरेको नयाँ व्यक्ति गर्भवती भएको खुलेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल निवासी ३० वर्षीया गर्भवतीमा कोरोना भाइरस संक्रमण देखिएको हो।

Kamana Sewa

चिकित्सकले दिएको समयअनुसार बच्चा पाउने दिन नजिकिएपछि अप्रेसनको तयारी गर्न गरिएको कोरोना भाइरस परीक्षणमा पोजिटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुमित्रा गौतमले जानकारी दिइन्।

Classic Tech Desktop

उनका अनुसार ती महिलाको चाँगुनारायण नपा २ दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा अप्रेसन हुने तयारी थियो। अप्रेसन गर्नुअघि कोरोना परीक्षण गर्ने क्रममा उनमा संक्रमण देखिएको मेसु डा। गौतमले बताइन्।

संक्रमित महिलाको घरपरिवारमा सासूससुरा, श्रीमानसँगै र एक छोरा रहेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले संक्रमित गर्भवतीको घरपरिवार र उनको सम्पर्कमा आएकाहरुकाको पहिचान ९कन्ट्याक्ट ट्रेसिङ० गर्ने कार्य अघि बढाइएको बताए।

मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएकी ३० वर्षीया गर्भवती महिला भक्तपुरकी पाँचौं संक्रमित हुन्। कोरोना संक्रमण भएका भक्तपुरकै स्थानीयमा भने यी गर्भवती महिला तेस्रो हुन्।

आरोग्य प्रतिष्ठानमा कार्यरत २५ वर्षीया महिला कर्मचारी, सशस्त्र प्रहरीका २७ वर्षीय जवान, काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र भक्तपुर नपा वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण भएको थियो। यी चार संक्रमितमध्ये काठमाडौं महानगरको सफाइ गाडीका चालक र भक्तपुर नगरपालिका ९ की महिला जनप्रतिनिधि क्रमशः पहिलो र दोस्रो स्थानीय संक्रमित हुन्। उनीहरु चारैजना कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन्। अन्नपुर्ण पोस्ट् अनलाईनमा ईश्वरकाजी खाइजूले लेखेका समाचार ।

प्रतिकृया