• २६ जेठ २०८३, मंगलबार
  • ३:३३ बेलुका

आवश्यकता परे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुहुन्छ : सरकारका प्रवक्ता पोखरेल

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार १२:२८

२६ जेठ २०८३ काठमाडौं – सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आवश्यकता महसुस भए प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिन सक्ने बताएका छन्। मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री संसदमा जान अप्ठेरो मानेको भन्ने आरोप अस्वीकार गरे।

‘प्रधानमन्त्रीलाई अप्ठेरो हुने भए त सुरुमै त्यहाँ जानुहुन्नथ्यो,’ मन्त्री पोखरेलले भने, ‘उहाँ प्रस्तुतिमा जाँदा त सोध्ने प्रश्न नै रहेनछन् नि। हामीले सोचेभन्दा निकै कम प्रश्न आए। प्रधानमन्त्रीले पनि धेरै प्रश्न आउँछन् भन्ने अपेक्षा गर्नुभएको थियो।’

Kamana Sewa

उनले प्रधानमन्त्रीलाई आवश्यकताबोध भएमा संसदमा पुनः उपस्थित भएर जवाफ दिन सक्ने स्पष्ट पारे। ‘प्रधानमन्त्रीलाई मैले सदनमा सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ भने उहाँले गरिहाल्नुहुन्छ। आवश्यकताअनुसार प्रधानमन्त्रीले गर्नुहुन्छ भन्ने कुरा यसअघि पनि देखिएको छ,’ उनले भने।

Classic Tech Desktop

प्रधानमन्त्रीको जवाफ माग्दै संसदमा भइरहेको विरोधका विषयमा मन्त्री पोखरेलको भनाइ आएको हो। प्रधानमन्त्रीले गत वैशाख १९ गते नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएपछि त्यसबारे स्पष्ट पार्नुपर्ने माग गर्दै विपक्षी दलहरूले संसदमा आवाज उठाउँदै आएका छन्।

प्रधानमन्त्रीको जवाफका लागि सभामुखबाट रुलिङ हुनुपर्ने मागसमेत उठिरहेको भए पनि हालसम्म त्यस्तो निर्णय भएको छैन। यही विषयलाई लिएर पछिल्ला दिनहरूमा संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ।

प्रतिकृया